समिति द्वारा संचालित राष्ट्रीय कार्यक्रम

क्ष - क्षत्रिय

 क्षत्रिय

क्षत्रिय हिन्दू वर्ण व्यवस्था अन्तर्गत शासक एवम् राजकीय

भूमिका निर्वाह गर्ने वर्णसमुह हो । 

क्षत्रियको अर्थ क्षत्र दिने वा रक्षण दिने हो । 

पौराणिक व्याख्या अनुसार क्षत्रियहरूले विभिन्न क्षेत्रहरूमा 

राज्यभार सम्हालेका थिए र प्रजाहरूको रक्षण गरेका थिए ।

 क्षत्रिय हरूको दुई कुल वा वंश हुन्छ- सूर्यवंश (रविकुल) 

र चन्द्रवंश (सोमवंश) । भारत, पाकिस्तान, नेपाल तथा

 विभिन्न ऐतिहासिक हिन्दु राष्ट्रहरूमा बसोबास गर्ने 

शासकीय पृष्ठभूमिका व्यक्तिहरू यिनै दुई कुलभित्रका

 क्षत्रिय भएको दाबी गर्छन् ।  

क्षत्रिय धर्म

क्षत्रिय धर्म वा क्षात्र धर्म क्षत्रियहरूले पालना गर्ने कर्तव्य वा 

दायित्व हो । क्षत्रिय धर्मभित्र शास्त्र अनुसार राज्यशासन कायम

 गर्ने कर्तव्य क्षत्रियको मानिन्छ । जनधनको रक्षा गर्ने, न्यायपूर्ण 

शासन गर्ने र विधिपूर्वक युद्धमा भाग लिने क्षत्रिय कर्तव्य 

भित्र पर्दछ । शौर्य तेजोधृतिर्दाक्ष्यं युद्धेचाप्यपलायनं... 

हाभारतबाट साभार गरिएको श्लोक अनुसार युद्धमा तेज

 वीरता, धैर्य, दक्षता, रणनीति, चतुर्याइँ, षड्यन्त्र, 

आदि को प्रयोग गर्न क्षत्रियहरूलाई अनुमति 

दिइएको छ तर युद्धबाट पलायन हुन बन्देज छ ।

 रक्षा र शासनलाई प्रमुख क्षत्रिय धर्म मानिएको छ । 

क्षत्रिय राजा कुमारहरू

 वैदिक, पौराणिक र प्राचिन ग्रन्थहरूमा भएको केही प्रसिद्ध

 क्षत्रिय राजाहरू: इक्ष्वाकु, हरिश्चन्द्र, सगर, भागीरथ, दीलिप,

 रघु, अज, दशरथ, राम, भरत, पुरुरवा, नहुष, ययाति, यदु, 

पुरु, कौशिक (विश्वामित्र), दुष्यन्त, सम्राट भरत, शान्तनु,

 पाण्डु, धृतराष्ट्र, शकुनि, द्रुपद, विराट, युद्धिष्ठिर, कृष्ण, 

परीक्षित, प्रसेनजित, शुद्धोधन

क्षत्रिय कुलमा जन्मिएका प्रसिद्ध राजकुमारहरूः

लक्ष्मण, शत्रुघ्न, भीष्म पितामह, बलराम, कर्ण, भीमसेन,

 दुर्योधन, अर्जुन, नकुल, सहदेव, अभिमन्यु, प्रद्युम्न, बुद्ध

क्षत्रिय वंशहरू

सूर्यवंश

सिसोदिया[१]

कछवाहा/शेखावत

लोहाना

राठौर

तोमर

भोंसले (मराठा)

गायकवाड (मराठा)

सूर्यवंश (नेपाल)

कुँवर (क्षेत्री)

राणा वंश

थापा वंश तथा अन्य बगाले थापा[२]

बस्न्यात वंश तथा श्रीपाली बस्नेतहरू

खबतरी बस्नेत

खबतरी बस्नेत

चन्द्रवंशी[सम्पादन गर्ने]

हिन्दु चन्द्रवंशी झण्डा त्रिशूल सहित

जडेजा

चन्देल

भाटी

कटोच

सोमवंश (नेपाल)

शाह वंश

चन्द ठकुरी

अग्निवंशी[सम्पादन गर्ने]

शक जातिबाट उत्पत्ति भएको कुरा लुकाउन राजपूत 

जातिका चौहान, पारमार वंशहरूले अग्निवंशको भूमिका 

बाधेको मानिन्छ ।[३]

गुर्जर

सोलाङ्की

प्रतिहार

चौहान

पारमार

अन्य वंश[सम्पादन गर्ने]

शिन्धिया/शिन्दे (मराठा)

शक

यवन

कम्बोज

पहलव

पारद

अरोरा

भाटया

दारद

डोग्रा

भेलालार (तमिल